तनहुँमा ट्रिपरले स्कुटर ठक्कर दिदा स्कुटरमा सवार पोखराकी चापागाईको मृत्यु, चालक घाइते

तनहुँमा ट्रिपरले स्कुटर ठक्कर दिदा स्कुटरमा सवार पोखराकी चापागाईको मृत्यु, चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ पुष २०७९
  • 107.7K
    Shares

पृथ्वी राजमार्गको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिदा पोखराकी एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन।

कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नम्बरको टिपरले आइतबार विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका-३३ बागमाराकी ६० वर्षीया टीकादेवी चापागाईंको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी टीकादेवीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। उनीसंगै घाइते भएकी स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपालीको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

टिपर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार