तनहुँको याम्पाफाँटमा बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

तनहुँको याम्पाफाँटमा बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७९
  • 15.1K
    Shares

बस दुर्घटना

तनहुँको याम्पाफाँटस्थित पृथ्वी राजमार्ग सडकखण्डमा बस र स्कुटर शनिबार एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको प्र नं ३–०१–००६ ख ०९२४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नंको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्ग सडकखण्डमा भएको उक्त दुर्घटनामा परेर स्कुटर चालक भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय शेखमहमद रखिम मियाँको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर घाइते भएका मियाँको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ ।

बसचालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीय चुक्रबहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार