सिता भवनबाट बिस्थापित मोबाइल ब्यबसायीले संचालन गरे, महेन्द्रपुलमा मोबाइल बजार : मोबाइल सम्बन्धि सामाग्री होलसेल मुल्यमा पाइने

सिता भवनबाट बिस्थापित मोबाइल ब्यबसायीले संचालन गरे, महेन्द्रपुलमा मोबाइल बजार : मोबाइल सम्बन्धि सामाग्री होलसेल मुल्यमा पाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ पुष २०७९
  • 15.7K
    Shares

अंग्रेजी नयाँ वर्ष २०२३ शुरुवात संगै पोखराको महेन्द्रपुलस्थित सीता भवनको अण्डरग्राउण्डबाट बिस्थापित मोबाइल पसलका ब्यबसायीहरुले महेन्द्रपुलको मारबाडी खाजा घर पछाडि मोबाइलहरुको होलसेल ततहा खुद्रा बजार संचालन गरेका छन्।

सिता भवनबाट बिस्थापित नौ जना मोबाइल व्यवसायीहरु मिलेर महेन्द्रपुलको मारबाडी खाजा घर पछाडि मोबाइल बजार संचालन गरेका हुन् । उक्त बजार शुक्रबारदेखि आधिकारिक रुपमा संचालनमा आएको हो।

मोबाइल बजार संचालन समितिका संयोजक एबम खरेल मोबाइल होलसेल पसलका संचालक चिन्तामणि खरेलका अनुसार, हाल सो स्थानमा १५ वटा सटरमा व्यवसाय सञ्चालन भइरहेको छ । बजारमा पार्किङको सुविधा, अपांगमैत्री तथा तथा विभिन्न मोवाइल तथा इलेक्ट्रोनिक सामग्रीहरुको सुविधा रहेको छ ।

खरेल सहित सो बजारका व्यवसायीहरु ढाकामोहन अधिकारी, रामहरि तिमिल्सिना र सुवास अर्यालले बजार व्यवस्थापन र सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्दै आएका छन्। होलसेल मार्केट शुभारम्भका अवसरमा ग्राहकहरुलाई यही पुस २५ गतेसम्म विभिन्न छुट तथा सहुलियत प्रदान गरिने बजारका संयोजक चिन्तामणि खरेलले बताए ।

विगत १० वर्षदेखी महेन्द्रपुलको सीता भवनको अण्डरग्राउण्डमा व्यापार गर्दै आएका मोवाइल व्यवसायीहरु महानगरले अण्डरग्राउण्ड खाली गरेपछि त्यहाँबाट सरेर मोबाइल बजार नामको छुट्टै बजार स्थापना गरेर होलसेल मार्केट सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार