स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको आरोप लागेका वडा सदस्य जेल चलान

स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको आरोप लागेका वडा सदस्य जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७९
  • 15.5K
    Shares

बेलबारी नगरपालिका २ का वडा सदस्य विजय तोलांगी

स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको आरोप लागेका मोरङको बेलबारी नगरपालिकाका एक वडा सदस्य जेल चलान भएका छन्। मोरङ जिल्ला अदालतको आदेश बमोजिम बेलबारी नगरपालिका कार्यपालिका सदस्य रहेका वडा नम्बर २ का वडा सदस्य २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन्।

मोरङकै २४ वर्षीय एक जना स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले तोलांगीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। अदालतको आदेशपछि पुर्पक्षका लागि तोलांगी मोरङ जिल्ला कारागार चलान भएका छन्।

तोलांगीले मोरङको जेफालेमा लगेर साउन १८ गते आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा युवतीले ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरी दिएकी थिइन्। उजुरी दिएपछि तोलांगी फरार थिए। कानुन व्यवसायीसँग कानुनी सल्लाह लिएपछि उनी मंसिर २६ गते इलाका प्रहरी कार्यालय, बेलबारीमा आफैं हाजिर भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार