लमजुङको भुलभुलेमा जीप दुर्घटना : एक जनाको मृत्यु, आठ जना घाइते

लमजुङको भुलभुलेमा जीप दुर्घटना : एक जनाको मृत्यु, आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७९
  • 14.5K
    Shares

लमजुङको भुलाभुलेमा जिप दुर्घटना

लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन्। घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ।

उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार