झारफुक गर्ने भन्दै राती बोलाएर कपिलवस्तुमा २७ वर्षीया युवती बलात्कृत, धामी पक्राउ

झारफुक गर्ने भन्दै राती बोलाएर कपिलवस्तुमा २७ वर्षीया युवती बलात्कृत, धामी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ मंसिर २०७९
  • 11.8K
    Shares

धामीले कपिल्वस्तुमा २७ वर्षीया एक युवती वलात्कार गरेका छन्। झारफूक गर्ने भन्दै धामीकोमा पुगेकी ती युवतीलाई धामीले वलात्कार गरेका हुन्।

युवती वलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पिडित युवतीले आफुलाई झारफुक गर्ने नाममा आफुलाई धामी भनिएका हरिजनले मंसिर २० गते प्रहरीमा उजुरी दिएकी थिइन्।
त्यसपछि भागेका हरिजनलाई मंसिर २७ गते पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार