स्कूल बसले मोटरसाइकललाई ठक्कर दिदा एकजना सशस्त्र प्रहरीको मृत्यु

स्कूल बसले मोटरसाइकललाई ठक्कर दिदा एकजना सशस्त्र प्रहरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ मंसिर २०७९
  • 12K
    Shares

रुकुममा बस दुर्घटना

कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो।

स्कुल बसको ठक्करबाट घाइते भएका बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी ९ वर्षीय सुवासचन्द्र रतेलाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार