पुल निर्माणमा प्रयोग भएको मिक्सचर मेसिनको ठक्करबाट मोरङमा एक जना ओभरसयिरको मृत्यु भएको छ।
मोरङको लेटाङ नगरपालिका–९ स्थित तेली खोलाको पुल निर्माणका क्रममा प्रयोग भएको को १ ख ४०७७ नम्बरको मिक्सचर मेसिनको ठक्करले ठक्कर दिदा ओभरसयिरको मृत्यु भएको हो ।
उक्त मिक्सचर मेसिनको ठक्करबाट उक्त पुल निर्माणमा खटिएका सिरहाको लहान नगरपालिका–१४ घर भई सूर्य एण्ड सन्स कन्स्ट्रक्शन कम्पनीमा कार्यरत ओभरसियर २४ वर्षीय सुनिल साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ट्रकमा जडान गरेर प्रयोग गरिँदै आएको कंक्रिटको मसला बनाउने मिक्सचरले घोला ओसार्ने क्रममा साहलाई ठक्कर दिएको हो ।
दुर्घटना भएसँगै मिक्सचरका चालक सुनसरी बराहक्षेत्र नगरपालिका कालाबन्जरका ३५ वर्षीय शम्भु राजधामीलाई पक्राउ गरी प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ ।