श्रीमतिको टाउको छिनाइ प्लाष्टिकमा हालेर भाग्दै गरेका क्रुर व्यक्ति सुर्खेतबाट पक्राउ

श्रीमतिको टाउको छिनाइ प्लाष्टिकमा हालेर भाग्दै गरेका क्रुर व्यक्ति सुर्खेतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ मंसिर २०७९
  • 13.6K
    Shares

श्रीमतिको टाउको छिनाई प्लाष्टिकमा हालेर भाग्दै गरेका एक जना क्रुर व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला श्रीमतिको टाउको चिनाई प्लाष्टिकमा हालेर भाग्दै गरेका क्रुर व्यक्ति सुर्खेतको पञ्चपुरि नगरपालिका–३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरलाई प्रहरीले पक्राउ गरेको हो।

३८ वर्षीय मगरले आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरलाई खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेपश्चात भाग्दै गर्दा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख छ । उनले बोकेको प्लास्टिकको थैलोमा श्रीमतीको टाउको समेत प्रहरीले बरामद गरेको छ।

अभियुक्त मगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार