अछाममा बँदेलको आक्रमणमा परि एक जना कर्मचारीको मृत्यु भएको छ। बँदेलको आक्रमणबाट मेल्लेख गाउँपालिकाका कार्यालय सहयोगी ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ शोडषा घर भएका बोहरालाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।