अबैध भरुवा बन्दुकसहित पर्वतबाट जैसी पक्राउ

अबैध भरुवा बन्दुकसहित पर्वतबाट जैसी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ मंसिर २०७९
  • 4.5K
    Shares

भरुवा बन्दुकसहित पर्वतबाट एकजना पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरुवा बन्दुकसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले जैसीको घर तलासी गर्दा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेपछि उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका जैसीमाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार