पर्वतको माझफाँटमा जिप दुर्घटना : एकको मृत्यु, ११ यात्री घाइते

पर्वतको माझफाँटमा जिप दुर्घटना : एकको मृत्यु, ११ यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० कार्तिक २०७९
  • 5K
    Shares

म्याग्दी सदरमुकाम बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको‌ बोलेरो जीप दुर्घटनामा परेको हो ‌‌।

उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा घाइते भएका आठ जनाको बेनि अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाइ थप् उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि सडक भिरालो भएका कारण दुघर्टना भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार