नुवाकोटमा आमाछोरीको हत्या गरेर काठमाण्डौ भाग्दै गरेका एक जनालाई प्रहरीले आज बिहानै नुवाकोटबाटै पक्राउ गरेको छ।
आमाछोरीको हत्या गरेर काठमाण्डौ भाग्दै गरेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरी निवासी २१ वर्षका पुष्कल भनिने सोनम तामाङलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो।
अभियुक्त तामाङले सोमबार साँझ आफ्नै गाउँकी बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडालाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।
आमाछोरीको हत्या गरेपश्चात उनले छाडेको घरेलू हतियार र उनले लगाउने चप्पल समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
घटनालगत्तै भागेर घर पुगेका तामाङ काठामाडौँतर्फ जान लागेको थाहा पाएपछि उनलाई आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको प्रहरिले बताएको छ ।