आगो ताप्ने क्रममा पोलेर तनहुँका नौ वर्षीय बालकको पोखरामा मृत्यु

आगो ताप्ने क्रममा पोलेर तनहुँका नौ वर्षीय बालकको पोखरामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ कार्तिक २०७९
  • 10.5K
    Shares

मृत बालक

आगो ताप्ने क्रममा पोलेर तनहुँका नौ वर्षीय बालकको पोखरामा मृत्यु भएको छ । भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका नौ वर्षीय सुभाष थापाको पोखरास्थित साबिक पश्चिम क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले दिएको जानकारी अनुसार, २१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए । पोखरामा उपचारकं क्रममा गएराति बालकको मृत्यु भएको खड्काले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार