पोखराको ज्योतिकुञ्ज सेकेण्डरी स्कूलमा अध्ययनरत एक छात्रको खेल्ने क्रममा मृत्यु

पोखराको ज्योतिकुञ्ज सेकेण्डरी स्कूलमा अध्ययनरत एक छात्रको खेल्ने क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ कार्तिक २०७९
  • 13.7K
    Shares

पोखरा १० उत्तमचोकस्थित ज्योतिकुञ्ज सेकेण्डरी स्कूलमा अध्ययनरत एक छात्रको खेल्ने क्रममा मृत्यु भएको छ। उक्त स्कूलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालक रोहित थापाको खेल्ने क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो २ बजे विद्यालय हाताभित्र रहेको मैदानमा खेलिरहेका रोहित फुटबलको गोल पोस्टको बारमा झुण्डिएर चिन–अप गर्ने क्रममा बार एक्कासी झरेर टाउकोमा लाग्दा थापा गम्भिर घाइते भएका थिए । त्यसपछि उनलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकोमा सवा २ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। पाल्पाको रम्घा ३ घर भएका थापाका परिवार पोखरामा बस्दै आएका छन् । बालकको शव पोष्टमार्टमका लागि अस्पतालमा रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार