स्थानीय जनतासंगको सहकार्यमा नेपाली सेनाद्वारा हरिहरगुफा सन्यास आश्रम सरसफाई

स्थानीय जनतासंगको सहकार्यमा नेपाली सेनाद्वारा हरिहरगुफा सन्यास आश्रम सरसफाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ कार्तिक २०७९
  • 3.8K
    Shares

हरिहर गुफा संन्यास आश्रम, पोखरा-२०,भलाम,

पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा रहेको हरिहरगुफा सन्यास आश्रमलाई स्थानीय युवा तथा आमा समुहको सहयोगमा नेपाली सेनाको एक टोलीले सरसफाई गरेको छ।

उक्त मन्दिर सरसफाई गर्न नेपाली सेनाको भगवती गण फुलबारी ब्यारेकबाट एक समूह परिचालित भएको थियो। नेपाली सेनाको टोलीको साथमा स्थानीय एकता सामुदायिक क्लब, शृंखला युवा क्लब, सिर्जनशील आमा समूह र लायन्स क्लब अफ पोखरा आरम्भका सदस्यहरु सहभागी भएको एकता सामुदायिक क्लबका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

सरसफाईका क्रममा आश्रम वरपर फैलिएका झाडीहरु फडानी गरिनुका साथै आश्रम परिसर तथा आश्रम जाने बाटो छेउछाउका पत्कर तथा झारपातहरु नष्ट गरिएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार