लमजुङका दुई जुवाखालमा प्रहरीको छापा : कौडा हानिरहेका ३८ जना पक्राउ, दुई लाख ८१ हजार रुपियाँ बरामद

लमजुङका दुई जुवाखालमा प्रहरीको छापा : कौडा हानिरहेका ३८ जना पक्राउ, दुई लाख ८१ हजार रुपियाँ बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ कार्तिक २०७९
  • 3.7K
    Shares

कौडा खेल

लमजुङ प्रहरीले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राती जिल्लाका दुई ठाउँबाट नगद दुई लाख ८१ हजार एक सय २५ रुपैया र ३२ थान कौडासहित ३८ जना जुवाडलाई पक्राउ गरेको हो।

प्रहरीले बेसीशहर नगरपालिका ११ चिती तिनपिप्ले बस्ने वर्ष ५७ का गणेश प्रसाद श्रेष्ठको घरमा हारजितको बाजी राखी जुवा (कौडा) खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। प्रहरीका अनुसार पक्राउ पर्ने सबै बेसिशहर नगरपालिका ११ का छन्।

यस्तै प्रहरीले सुन्दरबजार नगरपालिका १ कुन्छा बस्ने वर्ष ४४ का रामबहादुर दुराले जुवा (कौडा) खेलाउँदै गरेको अवस्थामा दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको डिएसपी श्रीमलले बताए। पक्राउ परेका १२ जना सुन्दरबजार नगरपालिकानिवासी छन् भने एकजना तनहुँका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार