तनहुँमा ६३ वर्षीय बृद्धले १० वर्षीया बालिका वलात्कार गरेका छन्। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका- ८ गणपतेका ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्रीले स्थानीय १० वर्षीया बालिकालाई वलात्कार गरेका हुन्।
अभियुक्त रामजीले ती बालिकालाई बुधबार बिहान घर नजिकैको जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा बिहीबार उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आरोपितलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितको दमौली अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।