छ वर्षीया बालिका वलात्कार गरेको आरोपमा बझाङबाट ७० वर्षीय बृद्ध पक्राउ

छ वर्षीया बालिका वलात्कार गरेको आरोपमा बझाङबाट ७० वर्षीय बृद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ कार्तिक २०७९
  • 4.6K
    Shares

छ वर्षीया बालिका वलात्कार गरेको आरोपमा बझाङबाट ७० वर्षीय बृद्ध पक्राउ परेका छन्।

बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – २ का ७० बर्षिय धनगिरी सार्की छ वर्षीया बालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

गएको भदौ ९ गते सार्कीले बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै आफ्नै घरमा लगेर तीन पटक लगातार बलात्कार गरेको प्रहरीको आरोप छ। बालिकाको आमा माईती घर गएको बेला बालिका बलात्कृत भएको बताइएको छ।

आफन्तसंग खेतमा खेलि रहेकी पिडित बालिकाले आरोपित सार्कीलाई देखेपछि डरले लुकेपछि उक्त कुकृत्यको पोल खुलेको प्रहरीले जानकारी दिएको छ। आरोपित सार्कीलाई देखेपछि डराएकी बालिकासंग लुक्नुको कारण सोधीखोजी गर्दा आफू बलात्कृत भएको बताएकी प्राप्त जानकारीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेश अबस्थीका अनुसार सार्कीले अपराध स्वीकार गरेको बताउँदै प्रहरीले नियन्त्रणमा लिई सकेको र आबश्यक अनुसन्धान भईरहेको बताए ”। उनले बालिकाको स्वास्थ्य परिक्षण समेत गरि सकेको बताउँदै योनीमा चोट लागेको देखाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार