गोरखा अस्पतालमा कार्यरत डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुवँर, सोहि स्थानका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६ वर्षीय प्रमोद जंग कुवँरलाई गोरखा अस्पतालका डा.अविनाश पराजुलीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले गत कार्तिक ६ गते आइतबार दिउँसो बिरामीको चेकजाँचको बिषयलाई लिएर अस्पतालमा कार्यरत डा.अविनाश पराजुलीलाई कुटपिट गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।
घटना लगत्तै फरार भएका उनीहरुलाई प्रहरीले विभिन्न जिल्लामा पिछा गर्ने क्रममा गोरखा बजारमा आएर लुकी बसेको अवस्थामा गोरखा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।दोषीलाई कारवाही नभए चरणबद्व आन्दोलन गर्ने भन्दै अस्पतालका कर्मचारीहरुले प्रेस बिज्ञप्ती पनि जारी गरेका थिए ।
पक्राउ परेकाहरु बिगतमा पनि विभिन्न घटनामा संलग्न भएकोले प्रहरीले उनीहरुलाई कस्तो खालको कारवाही गर्छ भनेर निगरानी गरिरहेका छन् ।