देउसी खेल्न जाँदा भिरबाट लडेर मृत्यु

देउसी खेल्न जाँदा भिरबाट लडेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ कार्तिक २०७९
  • 6.3K
    Shares

मकवानपुरको भीमफेदी गाउँपालिका– १ बाघचौरमा भिरबाट लडेर एक देउसेको मृत्यु भएको छ । मृत्यु हुनेमा बाघचौरका ४१ वर्षीय सुकमान गोले छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले देउसी खेल्न एक घरबाट अर्को घरमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका गोलेको मृत्यु भएको जानकारी दिए ।

भिरबाट खसेरपछि गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार