झमक्क साँझ परेको बेला पोखराको अमरसिंहचोक र शिवटोलका दुई दोकानहरु चोरी गर्ने दुई जनालाई वडा प्रहरी कार्यालय रामबजार पोखराले पक्राउ गरेको छ।
चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजार पोखराले पोखरा-१० नागिनटोल बस्ने बिश्वास कुमाल र दिनेश परियारलाई पक्राउ गरेको हो ।
उनीहरुले बुधबार साँझ पोखरा-१० शिवचोकमा राजकुमार नेपालीले संचालन गरेको कल्पना किराना स्टोर्स र पोखरा-१० अमरसिंहचोकस्थित एप्पल केयर एसोसरिज समेतको सटरमा लगाएको ताला फोडी चोरी गरेको आरोप प्रहरीले लगाएको छ।
उनीहरुले कल्पना किराना स्टोर्सबाट चोरी गरेका सामानहरु मिलनटोलस्थित झाडीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ भने एप्पल केयर एसोसरिजबाट चोरी गरेका मोवाईल, पेनड्राईभ, मेमोरी कार्ड समेतका अन्य ईलेक्ट्रोनिक्स सामानहरु बिश्वास कुमालले बोकेको झोलाबाट बरामद भएको प्रहरीको दाबी छ।
कल्पना किराना स्टोर्सबाट चोरी भएका सामानहरु:-
बिभिन्न खालका कस्मेटिक्स पाउडर २९ वटा, कोक ५०० मि.लि.को ९ वटा, कोक १.५ लि. को ३ वटा, Sprite ५०० मि.ली. को १ वटा, Sprite १.५ लि. को २ वटा, रेडबुल १६ वटा, चिप्स ७ वटा, यु एण्ड मि चिजबल्स १३ वटा, Panda Snacks १ प्याक, करेन्ट चाउचाउ ७ वटा, Rio फ्रुटी १९ वटा, टुथ ब्रस १२ वटा, बिभिन्न रंगका मास्क ४ पोका, Choco Pie १ बट्टा, Centre fruit चुईङ्गम १ बट्टा, Hand Plast १ बट्टा, सनसिल्क शेम्पु ८८ पत्ता, हजमोला १ बट्टा, बेबि शेम्पु ४ वटा, Clear hair oil ६ वटा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पत्ता, बिभिन्न खालका मिठाई/ चकलेट १ पोका ।
एप्पल केयर एसोसरिजबाट चोरी भएका सामानहरु:-
बिभिन्न कम्पनीका एअरफोन थान-८, Samsung कम्पनीको हेडफोन थान-१, बिभिन्न कम्पनीका ब्लुटुथ साउण्ड बक्स थाना-३, High tech Power bank थान-१, १६ जि.बी.को SANDISK pen drive थान-१, Finger Slip gloves थान-३, ८ जि.बी.को मेमोरी कार्ड थान-२, १६ जि.बी.को थान-१, मोवाईल स्ट्याण्ड (रिङ) थान-१, Rock on लेखिएको चार्जर थान-१, Samsung लेखेको चार्जरको हेड थान-१, Ego-T लेखेको पेन हुक्का थान-१, Samsung कम्पनीको Ao3 core मोडलको मोवाईल थान-१, Vivo कम्पनीको Yo1 मोडल भएको मोवाईल थान-१, Card लेखेको Device थान-१ ।