गोरखाको अश्राङमा बाबुले जुम्ल्याहा छोराकाे हत्या गरेर आफुले पनि गरे आत्महत्या

गोरखाको अश्राङमा बाबुले जुम्ल्याहा छोराकाे हत्या गरेर आफुले पनि गरे आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ असोज २०७९
  • 5.8K
    Shares

गोरखाको अश्राङमा आज एक बाबुले दुई छोराको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको मोहरिया टोलका ३४ बर्षिय हेमबहादुर रानाले आफ्ना सात वर्षका जुम्ल्याहा छोराहरुको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन ।

हेमबहादुरले सात बर्षका जुम्ल्या छोराहरु शिशिर र पोषणको हत्या गरेर आफुले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘हेमबहादुरले पहिले आफ्ना जुम्ल्याहा छोरालाई काप्रोको रुपमा झुण्डाएर आफुले पनि आत्महत्या गरेको’ देखिएको प्रउ खनालले बताए ।

घरभन्दा डेढ किलोमिटर पश्चिम दक्षिणमा रहेको काप्रोको रुखमा एउटै डोरीले छोरालाई झुण्डाएर हत्या गरे पछि आफुले पनि केही पर रहेको रुखमा झुण्डिएको अवस्थामा भेटिएको गोर्खा प्रहरीले प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । तिनै जनाको शव पोष्ट मार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भई रहेको वडाध्यक्ष रञ्जन रिमालले जानकारी दिए ।

डेढ महिना अगाडी मात्र श्रीमती संग सम्वन्ध बिच्छेद गरेका रानाले किन त्यसो गरे भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए ।

विदेशमा रहेका बेला श्रीमतीले पर पुरुष संगको सम्वन्धमा पेट बोके पछि सम्वन्ध बिच्छेद गरेका राना केही समयदेखी चिन्ताग्रस्त अवस्थामा देखिन थालेको पनि स्थानियले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार