लुडो खेलिरहेका सात जना पोखरा उत्तमचोकबाट दुईलाख रुपियाँसहित पक्राउ परेका छन्।
पक्राउ व्यक्तिहरुको नाम सार्वजनिक नगरे पनि वडा प्रहरी कार्यालय रामबजार पोखराले पक्राउ पर्नेको तस्बीर भने सार्वजनिक गरेको छ।
पोखरा महानगरपालिका वडा नं १० उत्तमचोक स्थित Octopus Automobiles Pvt. Ltd को कार धुने स्थानमा रहेको टिनको छाप्रामा बाजी थापेर लुडो खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामबजार पोखराले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले दुईलाख चार हजार रुपियाँ र लुडो खेलसँग सम्बन्धित सामाग्रीहरु बरामद गरिएको प्रहरीको दाबी छ।
पक्राउ परेको अभियुक्तहरुबिरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ।