भारतीय नम्बरको टेलरले पृथ्वी राजमार्गअन्तर्गत धादिङको चिरौंदी पुल नजिक जिपलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ।
मार्बल बोकेको भारतीय नम्बरको टेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।
उक्त दुर्घटनामा परेर जिपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकलाई उपचारपछि आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले बताए दिए ।