बाघडाँडा जंगलमा धनराज गुरुङ मृत भेटिए

बाघडाँडा जंगलमा धनराज गुरुङ मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० साउन २०७९
  • 4.6K
    Shares

मृत भेटिए

गोरखा जिल्लाको जौबारीमा रहेको बाघडाडाँ जंगलमा एक जना मृत भेटिएका छन्।

बारपाक सुलिकोट ७ सौरपानी घर भएका ८५ बर्षिय धनराज गुरुङ गत शनिबार दिउसो १२.३० बजे बाघडाडाँ जंगलमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार, साउन १९ गते गाइवस्तु चराउन घरबाट निस्किएका धनराज साँझ घर नफर्किए पछि छोरी-ज्वाईंले उनको खोजीका लागो प्रहरीमा निवेदन दिएका थिए। लामो समयदेखि छोरी उजेली गुरुङको घरमा बस्दै आएका बृद्ध धनराजको प्रहरी र स्थानियले खोजी गर्दा साउन २७ गते बाघडाडाँ जंगलमा मृत फेला परेका थिए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा बृद्व धनराज भिरबाट लडेर उठन नसकेको अवस्थामा जस्तो देखिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । गोरखा प्रहरीले उनको बारेमा थप अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार