स्याङ्जामा पूर्व वडाध्यक्ष श्रेष्ठ मृत भेटिए

स्याङ्जामा पूर्व वडाध्यक्ष श्रेष्ठ मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ साउन २०७९
  • 3.7K
    Shares

स्याङ्जामा एक जना पुर्व वडाध्यक्ष मृत भेटिएका छन्।

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा मृतावस्थामा फेला परेका हुन् ।

बाटो छेउमा ग१६प ५४६१ नंको स्कुटर र बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । उनले चल्ने स्कुटर नजिक नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा भेटिएको जनाइएको छ ।

प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए ।

शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार