गोरखा बजारका अनिश हत्या आरोपमा सातजना कारागार चलान

गोरखा बजारका अनिश हत्या आरोपमा सातजना कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ साउन २०७९
  • 4.2K
    Shares

गोर्खाका अनिल आलेको हत्या

गोरखा नगरपालिका वडा नम्बर ८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका सात जना अभियुक्त गोरखा जिल्ला कारागार चलान भएका छन्।

गोरखा जिल्ला अदालतले गत असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृत भेटिएका अनिल आलेको हत्यामा संलग्न रहेको भनिएका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनीहरुलाई गोरखा जिल्ला कारागार चलान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सोमदास ढकालले दिएको जानकारी अनुसार, कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नम्बर २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन्।

त्यस्तै धार्चे गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उनले बताए।

गत असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार