करीब तीन किलो गाँजासहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेशी बस्ने २५ वर्षीय जिबन परियारलाई प्रहरीले करीब तीन किलो गाँजासहित पोखराबाट पक्राउ गरेको हो।
परियारलाई डा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पौने ८ बजे पोखरा ३० पावर हाउसमा सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको दाबी छ। अभियुक्त परियारको साथबाट लागू औषध गाँजा तीन किलो तीनसय ८५ ग्राम र मोवाईल एक थान बरामद गरिएको बताइएको छ।
अभियुक्त परियारबिरुद्ध लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुसन्धान कारबाही भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए।