पोखराबाट करीब साढे दुई लाख रुपियाँसहित छ जना जुवाडे समातिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड निवासी नबीन गौचनको घरमा छापा मारेर करीब साढे दुई लाख रुपियाँसहित छ जना जुवाडेलाई समातेको हो।
प्रहरीले घरधनी मुस्ताङको थासाङ गा.पा. वडा नं.३ घर भई हाल पोखराको न्यूरोड बस्ने वर्ष ३२ को नबीन गौचन, सोही ठाउँ निवासी वर्ष ५४ को सोमत तुलाचन, पोखरा २ अर्चलबोट बस्ने वर्ष ५३ को बिराट के.सी, म्याग्दीको अन्नपूर्ण गा.पा. वडा नं.३ घर भई हाल पोखराको न्युरोड बस्ने वर्ष ४९ को कबिन तुलाचन, पोखरा ११ फुलबारी बस्ने वर्ष ४६ को अमित गुरुङ र पोखरा १२ फूलबारी बस्ने वर्ष ४५ को नरकाजी गुरुङलाई जुवाखालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुलाई गएराती अन्दाजी पौने नौ बजेको समयमा नबीन गौचनको घरमा जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ। उनीहरुको साथबाट प्रहरीले दुई लाख ५३ हजार हजार पाँच रुपियाँ र चार बुक तास बरामद भएको प्रहरीले दाबी गरेको छ।
उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट मुद्दा दर्ता गरी अनुसन्धानका लागि पांच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।