भरुवा बन्दुकसहित तनहुँबाट एक जना पक्राउ परेका छन्
जिल्लाको घिरिङ गाउँपालिका-५ मोचाबारी बस्ने ४० वर्षीय मान बहादुर थापा एक थान भरुवा बन्दुक सहित आइतबार बिहान पक्राउ परेका हुन्।
उनलाई प्रहरी चौकी घिरिङ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीटोलिले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
उनलाई भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ। उनले किन भरुवा बन्दुक हिडिरहेका थिए भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।