मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र आज बिहान एक युवतीको शव फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर शबको पहिचान खुलेको छैन। प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।