जागिरको पहिलो दिन नै काम गर्ने किशोरीलाई वलात्कार प्रयास गरेको आरोपमा पोखराबाट फेन्सी संचालक पक्राउ

जागिरको पहिलो दिन नै काम गर्ने किशोरीलाई वलात्कार प्रयास गरेको आरोपमा पोखराबाट फेन्सी संचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ असार २०७९
  • 11.7K
    Shares

छविलाल_गौतम-1

जागिर दिएको पहिलो दिन नै काम गर्ने किशोरीलाई वलात्कार प्रयास गरेको आरोपमा पोखराबाट एक जना फेन्सी संचालक पक्राउ परेका छन्।

पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका संचालक छविलाल गौतमलाई आफ्नो फेंसीमा काम गर्ने किशोरीलाई वलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।

गौतमलाई बुधबार नियन्त्रणमा लिई यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

अभियुक्त गौतमले आफ्नो फेन्सीमा काम गर्न आएकी किशोरीलाई पहिलो दिनमा नै वलात्कार प्रयास गरेको बताइएको छ। डिएसपी तिवारीका अनुसार पीडित किशोरीको परिवारको उजुरीका आधारमा गौतमलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार