मोटरसाइकलको ठक्करबाट गएराती पोखरामा एक पैदलयात्री महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट गएराती पोखरामा एक पैदलयात्री महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असार २०७९
  • 3.1K
    Shares

पोखरामा गएराती मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एक पैदलयात्री महिलाको मृत्यु भएको हो।

उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङको उपचारकै क्रममा साबिक पश्चिम क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटना पश्चात मोटरसाइकल चालकलाई आबश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार