मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पर्वतबाट दुई जना पक्राउ परेका छन्।
पर्वतको मोदी गाउपालिका तिलाहारबाट पार्किङ्ग गरिराखिएको डिस्कभर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने अभियुक्तहरुमा पर्बतको कुश्मा नगरपालिका वडा न.११ बस्ने बर्ष २८ को सन्तोष बि.क. र सोही नगपालिका वडा न.११ बस्ने बर्ष १८ को राजन परियार रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उनीहरु बिरुद्ध प्रहरीले पर्वतको तिलाहार निवासी यामबहादुर केसीको घर अगाडी पार्किङ्ग गरि राखेको ध१प २४९२ नं. को डिस्कभर मोटरसाईकल चार दिन अघि चोरी गरेको आरोप लगाएको छ।
पक्राउ परेका अभियुक्तहरुबिरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय पर्वत मार्फत पर्वत जिल्ला अदालतमा चोरी मुद्दा दर्ता गरी १० दिनको याद थप गरी अनुसन्धान शुरु गरिएको पर्वत प्रहरीले जानकारी दिएको छ।