पोखरा महानगरपालिका वडा नं. २० साबिक भलाम गाबिस वडा नम्बर २ तल्लाचौरस्थित एकता सामुदायिक क्लवको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ।
अधिबेशनले गणेश बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा लेखबहादुर खत्री र पदम कार्की, सचिवमा तारा बस्नेत, सहसचिवमा अनिल विक र कोषाध्यक्षमा विजय कार्की रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा नारायण कार्की, वीरेन्द्र केसी, सुमन थापा, पूजा कार्की, विवश नेपाली, शोभा कार्की, सागर कार्की, मोहन रावल चयन भएका छन् । बिधानमा आमा समूहका अध्यक्ष क्लबको पदेन सदस्य रहने ब्यबस्था रहेको नवनिर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिए।