पोखराका एक युवा ठुलो मात्रामा लागू औषधसहित स्याङजामा पक्राउ

पोखराका एक युवा ठुलो मात्रामा लागू औषधसहित स्याङजामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० जेष्ठ २०७९
  • 8.6K
    Shares

रोशन बराईली
पोखराका एक युवा ठुलो मात्रामा लागू औषधसहित स्याङजामा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १ हरिचोक बस्ने बर्ष २४ को रोशन बराईली ठुलो मात्रामा लागू औषधसहित स्याङजामा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङजाको पुतलीबजार न.पा.वडा नं.१० मा सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको बा. ४ ख. १४२१ नम्बरको हाईस बसलाई चेकजांच गर्ने क्रममा अभियुक्त बराइली लागू औषध सहित  पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।  उनको साथबाट प्रहरीले लागू औषध फेनारागन ३५ एम्पुल, नरफिन ३५ एम्पुल र डाइजेपाम ३४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
अभियुक्त बराइली यात्रारत बा. ४ ख. १४२१ नम्बरको हाईसलाई स्याङजाम छेक जांच गर्दा अभियुक्त बराइलीलाई लागू औषध सहित पक्राउ गरिएको प्राप्त समाचारमा जनाइएको छ।
अभियुक्त बराइलीबिरुद्ध स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार