पोखराबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना स्याङजाका युवाहरु पक्राउ

पोखराबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना स्याङजाका युवाहरु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 29.1K
    Shares

ठुलो मात्रामा पोखराबाट पक्राउ परेका पोखराबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना स्याङजाका युवाहरु

पोखराबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना स्याङजाका युवाहरु पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले बुधबार दिउँसो साढे चार बजे पोखरा महानगरपालिका वडा नं.९ नागढुङ्गाबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना स्याङजाका युवाहरु पक्राउ परेका हुन्।

पक्राउ परेका युवाहरुमा स्याङजाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने वर्ष २६ को देवान्स थापा र आँधिखोला गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० को मनीष पौडेल रहेका छन्।

उनीहरुको साथबाट लागू औषध डाईजापाम- ७० एम्पुल, फेनेरागन- १२० एम्पुल, नुर्फिन– ९५ एम्पुल गरी जम्मा- २८५ एम्पुल र मोबाईल चार थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरु बिरुद्ध प्रहरीले लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार