पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार भएको दुर्घटनामा स्कूटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेकाे बन्दीपुर गाउँपालिका-१ निवासी २१ वर्षीय इश्वर क्षेत्री रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिप्पर र विपरित दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कूटर ठोक्किदा दुर्घटना भएको हो । स्कूटर टिप्परको अगाडीको भागमुनि छिरेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् ।
