तनहुँमा सिलिण्डर ग्यास पड्किएर एक बालिकाको मृत्यु भएको छ । तनहुँ जिल्लाको भिमाद नगरपालिका-९ मा शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किएर स्थानीय च्यानडाँडा बस्ने शिवनारायण के.सीका ११ वर्षीया छोरी सुवेक्षा के.सीको मृत्यु भएको हो ।
पक्कीघरको कोठामा खाना पकाउने ग्याँस सिलिण्डर अचानक पड्किएर आगो लाग्दा कोठामै रहेकी सुवेक्षाको जलेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षका डिएसपी युवराज खड्काले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ