सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गर्ने तीन भारतीयसहित चार जनाको गिरोह पक्राउ

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गर्ने तीन भारतीयसहित चार जनाको गिरोह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ जेष्ठ २०७९
  • 5K
    Shares

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गर्ने गिरोह काठमाण्डौबाट पक्राउ परेको छ।

गिरोहमा संलग्न तीन भारतीय नागरिक र एक नेपालीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो। प्रहरीले दाङ घोराही उ.प.म.पा. वडा नं. १५ बस्ने ५५ बर्षको राज भन्ने मिन बहादुर थापा, भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगर घर भएको ३३ वर्षीय फेनि कुमार जेट्टी, सोही ठाउँको २४ बर्षको हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, हाम्रोबजार डट कममा ल्यापटप, मोबाईल, क्यामेरा जस्ता सामाग्रीहरु बिक्रीमा रहेको सुचना प्रकाशित गरिएको थियो। तर समान किन्न खोज्ने ग्राहकहरुलाई क्रिस्टोफर पिल्ग्रिनले आफु अमेरिकामा रहेको बताउदै कुरियर संचालकलाई ल्यापटप, मोबाईल, क्यामेरा जस्ता सामाग्रीहरु कुरियरमार्फत डेलिभरी दिन अनुरोध गरेका थिए। क्रिस्टोफर पिल्ग्रिनले कुरियर गरेको चार्ज अतिरिक्त पांच हजार रुपियाँ दिने भनि म्यासेज गरेको देखिएको छ।

निवेदकको बैंक खाता नम्वर समेत लिई विक्रम थापाको नाममा आँखा अस्पताल लाईन वडा नं. २ भैरहवा, मोवाईल नम्वर ९८०३४०८३०८ मा उक्त ल्यापटप कुरियर गर्न लगाई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत तपाईको बैक खातामा पठाएको छु भनि विश्वासमा पारी उक्त ल्यापटप विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा कुरियर गर्न लगाई लिई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत भनि मिन बहादुर थापाको नामको एनआईसी एसिया बैंकको खाता नं. ०६१५७५२०१४४७८००१ मा रु. ७०,०००।– पठाउन लगाई लिई गर्ने कार्यमा संलग्न तपसिलमा उल्लेखित ब्यक्तिहरुको खोजतलास गरी पक्राउ गर्नको लागी गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसंग समन्वयमा मिति २०७९।०२।१३ गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७९।०२।१६ गते जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

पक्राउ ब्यक्तिहरुको विवरण:-
१.नामथर:- राज भन्ने मिन बहादुर थापा
उमेर:- ५५ बर्ष
ठेगाना:- जिल्ला दाङ घोराही उ.प.म.पा. वडा नं. १५
२.नामथर: फेनि कुमार जेट्टी
उमेर: ३३ बर्ष
ठेगाना: भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगर
३.नामथर:- हेमन्त भुद्दगिरी
उमेर :- २४ बर्ष
ठेगाना:- भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगर
४.नामथर:- भाष्कर नायक
उमेर:- ३२ भाष्कर नायक
ठेगाना:- भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगर
बरामदी समानहरुः-
१. Canon कम्पनीको क्यामेरा थान-१
२. बिभिन्न कम्पनीहरुको ल्यापटप थान-३
३. Samsung कम्पनीको Tab S7 थान-१
४. Samsung कम्पनीको Smart watch थान-१
५. गितार थान-१
६. बुद्धको मुर्ति थान-१
७. बिभिन्न कम्पनीका मोबाईल थान-८
८. भारतिय रु १,६५,०००।- (एक लाख पैसठ्ठी हजार)

प्रतिक्रिया
सम्बन्धित समाचार