गाँजा धुलो बनाएर बिक्री वितरण गर्ने कार्यमा संलग्न एक अभियुक्त बागलुङबाट मेशिनसहित पक्राउ परेका छन्।
बागलुङ ताराखोला गाउपालिका वडा नम्बर ५ निवासी बर्ष ५० को गिरी प्रसाद पुन गाँजा धुलो बनाउने मेशिनसहित पक्राउ परेका हुन्। उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। उनको घर नजिकै रहेको ट्वाईलेट नजिक जमिनमा बोरा भित्र दुई किलोग्राम तौल भएको धुलो गाँजा र गाँजा धुलो पार्न प्रयोग हुने फलामको मेसिन समेत बरामद गरेको छ।