कास्की जिल्लाको रुपाकोट निवासी १६ वर्षीय जामुदिन मियाँको बाँके जिल्लाको फुलटेक्रामा संचालित फैजाने मदिना नामको मदरसा हत्या गरिएको छ।
उक्त मदरसामा अध्ययनरत उनकै साथि सिराहा मिर्चैयाका १२ वर्षीय मोहम्मद आंशिकले खेल्ने क्रममा हानेको चक्कु लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।
प्रहरीका अनुसार, गत १२ जेठ साँझ ५ बजे फैजाने मदिना मदरसामा अध्ययन गर्दै आएका उनीहरु एकापसमा खेल्दाखेल्दै आंशिकले हानेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएको मियाँको जेठ १३ गते राति १० बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । तर प्रहरीलाई जेठ १४ गते मात्र खबर गरिएको प्राप्त समाचारमा जनाइएको छ।
खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।
उनले घटनामा संलग्न आंशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव लखनउबाट नेपालगञ्ज ल्याएको र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए । साकेतिक चित्र