नारायणगढ मुग्लिन सडक खण्डमा दुई ट्रक ठोक्किदा ट्रक चालक घाइते : बाटो एकतर्फी खुल्ला

नारायणगढ मुग्लिन सडक खण्डमा दुई ट्रक ठोक्किदा ट्रक चालक घाइते : बाटो एकतर्फी खुल्ला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ जेष्ठ २०७९
  • 7.7K
    Shares

नारायणगढ मुग्लिन सडक खण्डमा दुई ट्रक ठोक्कियो

चितवनको ईच्छाकामना गाउँपालिका ५ मा पर्ने नारायणगढ मुग्लिन सडक खण्डको तिन नम्बर पुलमा दुई ट्रक एक एकआपरमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट गइरहेको लु २ ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठक्कर खांदा एक जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ०५ः५५ बजेको समयमा भएको सो दुर्घटनामा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापा बुद्धशान्ती ३ बस्ने ४० बर्षका मनोज धिमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानेको छ। उनको खुट्टामा चोट लागेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अहिले दुबै ट्रक घटनास्थलमा नै रहेको कारण बाटो एक तर्फी सुचारु रहेको छ । लु २ ख ५६५४ नम्बरको ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार