बैङ्किङ कसुर सम्बन्धि मुद्दामा बागलुङबाट छन्त्याल पक्राउ

बैङ्किङ कसुर सम्बन्धि मुद्दामा बागलुङबाट छन्त्याल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 4.7K
    Shares

बैङ्किङ कसुर सम्बन्धि मुद्दामा बागलुङबाट एक जना पक्राउ परेका छन्।

बागलुङ जिल्लाको साविक राङ्खानि गा.वि.स. वडा नं. २ हाल जैमिनि नगरपालिका वडा नं. १० किटानी बस्ने बर्ष ४४ को रोमन छन्त्याललाई प्रहरीले बैङ्किङ कसुर सम्बन्धि मुद्दामा पक्राउ गरेको हो।

छन्त्यालबिरुद्ध उच्च अदालत पाटन, वाणिज्य ईजलास काठमाण्डौले पाँच दिन कैद र दुईलाख ९५ हजार जरिवाना गर्न आदेश दिएको थियो। अदालतको आदेशसंगै फरार रहेका छन्त्याललाई प्रहरीले पक्राउ गरेर आबश्यक कारबाहीका लागि बागलुङ जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार