जबरजस्ती वलात्कार गर्न खोजेको आरोपमा पर्वतबाट बिकास पक्राउ

जबरजस्ती वलात्कार गर्न खोजेको आरोपमा पर्वतबाट बिकास पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० जेष्ठ २०७९
  • 4.9K
    Shares

बिकास लामिछाने

महिलालाई जबरजस्ती वलात्कार गर्न खोजेको आरोपमा पर्वतबाट प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ।

र्बत मोदी गाउँपालिका वडा नं. ६ तिलाहार बस्ने बर्ष ३७ को बिकास लामिछानेलाई प्रहरीले जबरजस्ती वलात्कार गर्न खिजेको आरोपमा पक्राउ गरेको हो।

पिडित महिलाले “२०७९।०२।०९ गते मलाई जबरजस्ती करणी गर्न खोजेकोले निजलाई कानुन बमोजिम कारवाही गरी पाउँ” भनी उजुरी दिएपछि अभियुक्त लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

अभियुक्त लामिछानेबिरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय पर्वत मार्फत जिल्ला अदालत पर्वतमा जबरजस्ती करणी उद्योग मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि पहिलो पटक १० दिनका लागि म्याद थप भएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार