सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई आठ वर्ष अघि वलात्कार गरेको आरोप लागेका पाण्डे बिरुद्ध मानव बेचबिखन मुद्दा दर्ता

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई आठ वर्ष अघि वलात्कार गरेको आरोप लागेका पाण्डे बिरुद्ध मानव बेचबिखन मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ जेष्ठ २०७९
  • 4.3K
    Shares

मनोज पाण्डे

आठ वर्ष अघि आयोजित सुन्दरी प्रतियोगितामा सहभागी एक प्रतिष्पर्धी किशोरीलाई वलात्कार गरेको आरोपमा पक्राउ परेका त्यस प्रतियोगिताका संचालकलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार सम्बन्धि मुद्दा दर्ता गरेको छ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक मनोज पाण्डेबिरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत जिल्ला अदालत काठमाण्डौमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ सम्बन्धि मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत काठमाण्डौले अभियुक्त पाण्डेलाई पांच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ।

आठ वर्षअघि (२०१४) को मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितामा सहभागी युवतीलाई होटेलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले अभियुक्त पाण्डेलाई जेठ ७ गते काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको थियो।

अदालतबाट युवतीको बयान प्रमाणित भएसँगै आरोपी पाण्डेलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौं अदालत लगिएको थियो ।

आठ वर्षअघि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल’की एक प्रतिस्पर्धीले बुधबार सामाजिक सञ्जालमार्फत आफूमाथि आयोजकमध्येका एकजनाले बलात्कार गरेको खुलासा गरेकी थिइन्।

टिकटकमा अपलोड गरिएको २२ वटा भिडियो क्लीप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भएका थिए । शुक्रबार पीडितको न्यायका लागि भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि युवाको एक समूहले प्रदर्शन गरेको थियो भने शुक्रबारै संसद बैठकमा पनि घटनाबारे अनुसन्धान गर्न र बलात्कारको मुद्दामा रहेको हदम्यादबारे पुनर्विचार गर्न आवाज उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले घटनामा छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रुलिङ गरे ।

त्यस वलात्कारका बारेमा चौतर्फी दबाब परेपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा गठन गरेको पांच सदस्यीय छानबिन समितिले शुक्रबारै पीडितलाई भेटेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार