नेपाली कांग्रेसले निकालेको बिजय र्यालीमा प्रयोग भएको एक ट्रयाक्टर दुर्घटनाग्रस्त हुँदा एक जना १४ वर्षीय बालकको मृत्यु भएको छ भने ३० जना नेता-कार्यकर्ता घाइते भएका छन्।
प्रहरीका अनुसार, डोटी जिल्लाको पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्याली निकालेको थियो। सो बिजय र्यालीमा नेता कार्यकर्ता ओसार्न प्रयोग भएको से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा दुर्घटना भएको बताइएको छ।
दुर्घटना परेर पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। र्यालीमामा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ।