बालेनको नाउँमा २८ किलोको खसी बाजी राख्ने दुई युवक पक्राउ

बालेनको नाउँमा २८ किलोको खसी बाजी राख्ने दुई युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ जेष्ठ २०७९
  • 5.6K
    Shares

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहको हारजितको विषयमा २८ किलोको खसी बाजी राख्ने खोटाङका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ रमेश खड्का र विजय फुयाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनीहरुले लिखित‍ कागज गरेर २८ किलोको खसी बाजी राखेको कागज सामाजिक सञ्जालमा छ्यालब्याल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

खोटाङ प्रहरीका अनुसार बाजी राखेका कारण युवकहरुलाई समातिएको हो।काठमाडौँ महानगरबाट बालेन शाहले अग्रता बनाउन थालेपछि खोटाङका यी दुई युवकले बाजी राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार