लागू औषधसहित दुई जना युवा तनहुँबाट पक्राउ

लागू औषधसहित दुई जना युवा तनहुँबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ बैशाख २०७९
  • 3.6K
    Shares

जिल्ला प्रहरी कार्यालय तनहुँ , tanahun police , janasanchar

लागू औषधसहित दुई जना युवा तनहुँबाट पक्राउ परेका छन्। नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ५ का ३२ वर्षीय विश्राम चौधरी र पर्वतको मोदी गाउँपालिका वडा नं. ९ का ३१ वर्षीय विपिन गुरूङ लागू औषधसहित तनहुँबाट पक्राउ परेका हुन्।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग१ख ५३५४ नम्बरको बस कोत्रेमा चेकजाँच गर्ने क्रममा उनीहरु आइतबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले लागुऔषध नाईट्रोभेट १० लेखेको ट्याब्लेट ३०० चक्की, लागुऔषध कोडिन फोस्पेट लेखेको झोल पदार्थ भएको बोतल थान ३, लागुऔषध डाईजोपाम ७ एम्पुल, फेनारागन ७ एम्पुल र नुफिन ६ एम्पुल गरि २० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँमा डिएसपी एवं प्रवक्ता युवराज खड्काले जानकारी दिए । पक्राउ परेका दुवैको आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार